उपत्यकामा डलर साट्ने बहानामा ठग्ने समूह फेरि सक्रिय, एकजना पक्राउ
काठमाडौं उपत्यकामा पछिल्लो केही महिनायता चुपचाप बसेका डलर साट्ने बहानामा ठग्ने समूह फेरी सक्रिय हुन थालेका छन् । २०७७ असोजमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भएका ‘लुटेरा’ समूहलाई पक्राउ गरेपछि त्यस्तो ठगी कम भएको थियो । तर, सिन्धुपाल्चोककै अर्को समुह फेरी सक्रिय भएको थाहा भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४१ वर्षीय राजेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीसहितका चार जनाले एक व्यक्तिलाई ‘सस्तो मुल्यमा डलर साटिदिन्छौँ’ भनेर ४० लाख रूपैँया मागेका थिए ।
आइतबार उनि पैसा बोकेर चावहिल पुलमा गए । प्रहरीले उनलाई पछ्याइरहेको थियो । राजेन्द्रलाई प्रहरीले पक्राउ गरेपछि उनको समूहमा रहेका अरु सदस्य भागेका छन् ।
राजेन्द्रको साथबाट पैसाको बिटो जस्तो बनाएको कागज र १ रुपैयाँ दरका ७ थान अमेरिकी डलर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।
बाह्रबिसे नगरपालिका–३ घर भएका राजेन्द्रको समूहले भुकम्पको बेलामा अमेरिकन नागरिकले छोडेर गएको हुनाले डलर सस्तोमा साट्न लागेको भन्दै झुक्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनको समूहका अन्य सदस्यको पनि खोजी भइरहेको एसपी बस्नेतले बताएका छन् ।
डलर साट्ने बहानामा ठग्नेहरूले शुरुमा सक्कली डलरको ‘स्याम्पल’ देखाएपछि विश्वासमा लिएर नेपाली रुपैयाँ लुटेर भाग्ने गरेका छन् । राजेन्द्रको समूहले पछिल्लो समय उपत्यकामा करिब १ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
-
स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दै बागमती प्रदेश सरकार
-
राजस्थानमा ट्याङ्कर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
बच्चाको नामलाई लिएर भएको झगडामा अदालतमा पुगे दम्पती
-
‘ह्वाइट वास’ को योजनामा रहेको नेपालले हङ्कङलाई दियो २६६ रनको लक्ष्य
-
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने