बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

न्याय सेवाका ८६ कर्मचारीको सरुवा

आइतबार, ३१ साउन २०७८, २२ : ०२
आइतबार, ३१ साउन २०७८

न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।

त्यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।  उक्त इजलासमा कार्यरत रजिस्ट्रार  ठगिन्द्र कट्टेललाई पाटनमा सरुवा गरिएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप