पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाइ एक करोड
आइतबार, ३१ साउन २०७८, २१ : ४०
![पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाइ एक करोड](https://rpcdn.ratopati.com/media/albums/special_court_xgl9VOfv1r.jpg)
प्रहरी सहायक निरीक्षकको वैधानिक कमाइ कति होला ? कानुनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानुनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाइ गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ । पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो