बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सर्पको डसाइबाट बालकको मृत्यु

आइतबार, ३१ साउन २०७८, २१ : ३५
आइतबार, ३१ साउन २०७८

जिल्लाको पूर्वी चौकी गाउँपालिका–६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । 

आज साँझ घर आँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

सर्पको डसाइबाट गम्भीर भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा गर्मी सिजन कायमै रहेका कारण सर्पदंशका बिरामी बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप