बुटवल स्थित नमस्ते एकेडेमीको व्यवस्थापन ब्रिटिस एजुकेशन ग्रुपले लियो
काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन ‘ब्रिटिस एजुकेशन ग्रुप’ले लिएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीको पनि व्यवस्थापन थालेको हो ।
ग्लोबल कलेजको रुपमा संचालित टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने बताएको छ । कलेजका संस्थापक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले आफूहरु नयाँ यात्राको लागि तयार रहेको बताए । उनले टीबीसीले नमस्तेको व्यवस्थापनको जिम्मा लिएसँगै आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान हुने विश्वास व्यक्त गरे ।
विद्यालयको एकेडेमी डाइरेक्टरमा मार्क बार्थोलोमेउ नियुक्त भएका छन् । एकेडेमीक डाइरेक्टर बार्थोलोमेउले गुणस्तरीय र परिमार्जित शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउन लागि पर्ने बताए । उनले नमस्ते एकेडेमीलाई नेपालकै उत्कृष्ट अंग्रेजी माध्यमको शैक्षिक संस्थाको रुपमा उभ्याउने पनि बताए ।
नमस्तेले जारी शैक्षिक सत्रबाट कक्षा ११ को पढाई समेत संचालनमा ल्याएको छ । ब्रिटिस एजुकेशन ग्रुपले नेपाल सहित लण्डन तथा दुवईमा पनि कलेजहरु संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ