शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९% भाइरस मार्ने दावी

आइतबार, ३१ साउन २०७८, १९ : ००
आइतबार, ३१ साउन २०७८

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा भित्र्याएको छ । कोरोनाको दोस्रो लहर आएसँगै घर, हस्पिटल, बैंक तथा अन्य सेवारत संघसंस्थाहरूमा सामानहरूलाई जीवाणु रहित बनाउन भाइरोसिल्ड ल्याएको कम्पनीले जनाएको छ ।

२ देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्छ । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ ।

भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंक जस्ता सामानहरु भने राख्नु हुँदैन ।
आईसीएमआर ल्याब तथा सीएइसआईआर अर्गनाइजेशनद्वारा सर्टिफाइड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टीमा उपलब्ध भएको कम्पनीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप