माझखर्कमा स्थानीयको पहलमा बालशिक्षा संचालन: ३ लाख ६८ हजार सहयोग संकलन
म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ राखुभगतवती माझखर्कमा स्थानीयको पहलमा बालकक्षा संचालन गरिएको छ ।
माझखर्कमा रहेका साना बालबालिका पठनपाठन गर्न १ घण्टा टाढा जानुपर्ने बाध्यतालाई हटाउन बाल कक्षा संचालन गरिएको हो ।
बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित तीन लाख ६८ हजार सहयोग संकलन भएको थियो ।
५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालनले २० भन्दा बढी बालबालिका लाभान्वित हुने छन् । माझखर्कमा, रहेका बालकक्षालाई निरन्तरता दिन, बालबालिकालाई १ घण्टा हिँडेर अन्य विद्यालयमा पढ्न जानुपर्ने समस्यालाई हटाउन सहयोग गरेको समाजसेवी लोक भण्डारीले बताए ।
-बालशिक्षा कक्षा उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले बालशिक्षा संचालनले कलिला बालबालिकालाई राहत पुग्ने हुदाँ प्रभावकारी रुपमा निरन्तरता दिन आग्रह गरे । बालशिक्षा संचालनमा आर्थिक र भौतिक सहयोगका लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग जुटाउने प्रतिबद्धता पनि उनले जनाए ।
-रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बालबालिका काचो माटो भएको हुदाँ उनीहरुलाई समाज र राष्ट्रका सक्षम जनशक्ति उत्पादन गर्न अभिभावक, शिक्षक र विद्यालयको भूमिका महत्वपुर्ण हुने बताए ।
-रघुगंगा गाउँपालिका वडा २ अध्यक्षका रिमबहादुर कटुवाल क्षेत्रीले समाज विकासको मुल आधार शिक्षा भएको हुदाँ बालबालिकामा शिक्षा प्रभावकारी बनाउन सबैको भूमिका महत्वपुर्ण हुने बताए ।
क-कसबाट सहयोग ?
बालकक्षा संचालनका लागि लोकबहादुर भण्डारीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, रघुगंगा गाउँपालिकाबाट १ लाख ५० हजार, तत्कालिन भगवती गाउँ विकास समितिबाट ५० हजार, जिसस प्रमुख देवेन्द्रबहादुर कटुवाल क्षेत्रीबाट ५ हजार ५ सय ५५ रुपैयाँ, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ११ हजार १ सय ११ रुपैया, वडाध्यक्ष रिमबहादुर कटुवाल क्षेत्रीबाट ११ हजार १ सय ११ रुपैयाँ, वडा सदस्य रविन भण्डारीबाट ५ हजार १ सय ५रुपैयाँ संकलन भएको थियो ।
अहिले सो बालकक्षामा १५ जना बालबालिका पढ्दै आएका छन् ।
-धिरन खत्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी