सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्वरुप परिवर्तन गरेर चलाइएका २६ मोटरसाइकल समातिए

आइतबार, ३१ साउन २०७८, १९ : ००
आइतबार, ३१ साउन २०७८

पोखरामा स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने र लापरवाहीपूर्ण तरिकाले तीब्र गतिमा चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चेकजाँचका क्रममा ७ वटा बुलेट, ११ वटा क्रसफायर र ८ वटा अन्य ब्रान्डका मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारी नियम उल्लंघन गर्ने कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा चेकजाँचमा कडाइ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले शनिबार पोखरा विभिन्न स्थानमा गरेको चेकजाँचमा उक्त सवारीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारी चलाउने चालक विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय पोखरामा चर्को ध्वनिसँगै तीब्र गतिमा चलाइएका मोटरसाइकलका कारण दुर्घटना समेत बढेको प्रहरी भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप