प्रदेशको अधिकार प्राप्तिका लागि लड्छौँ : मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले केन्द्र सरकार प्रदेशको अधिकार प्रत्यायोजन गर्न सकारात्मक नदेखिएको आरोप लगाएका छन् । उनले प्रदेशको अधिकार प्राप्तिका लागि अब केन्द्र सरकारसँग लडाइँ लड्ने पनि बताए ।
आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री कार्कीले दवाव मूलक आन्दोलनको आवश्यकतामा जोड दिए ।
मन्त्री कार्कीले भने, ‘अब आफनो अधिकार प्राप्तिका लागि केन्द्रीय सत्तासँग लडाईँ लडेर अधिकार लिने दिन आएको छ ।’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका कार्कीले संविधानले दिएको अधिकार प्राप्तिका लागि अब सातैवटा प्रदेश संरचनाहरूले केन्द्रीय सत्तासँग अधिकारको लडाइँका लागि लड्नु पर्नेमा जोड दिए ।
मन्त्री कार्कीले प्रदेशको नामाकरणको बारेमा दलहरूबीच सहमतिमा साझा धारणा बनाउन नसक्दा विलम्ब हुन गरेको बताए ।
प्रदेशको नामाकरणको विषयमा प्रदेश सभामा रहेका दलहरू विभक्त नहुन् भन्ने सरकारको चाहना रहेकोले दलहरूबीच लामो छलफल र बहसपछि एउटै नाम राख्ने निष्कर्ष रहेको उनको भनाइ छ । उनले चाँडै सबैको सहमतिमा नामाकरणको विषय टुंग्याउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल