शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा वेपत्ता भएका पुरुषको शव चार दिनपछि भेटियो

आइतबार, ३१ साउन २०७८, १८ : ००
आइतबार, ३१ साउन २०७८

कपिलवस्तुमा नदीमा वेपत्ता भएका एक पुरुषको शव ४ दिनपछि फेला परेको छ । जिल्लाको महाराजगञ्जस्थित कोइली नदीबाट बेपत्ता भएका स्थानीय पशुपति पौडेलको शव चार दिन पछि भेटिएको हो ।  बिहीबारदेखि बेपत्ता भएका पौडेलको शव आइतबार महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

पौडेल नदी पार गर्ने क्रममा कोइली पुलबाट खसेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि नै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप