मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

माओवादीको विधानबाट जिल्ला डिलिट !

आइतबार, ३१ साउन २०७८, १७ : ५१
आइतबार, ३१ साउन २०७८

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।

काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा... ।’

अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।

जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप