माओवादीको विधानबाट जिल्ला डिलिट !
आइतबार, ३१ साउन २०७८, १७ : ५१
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।
काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा... ।’
अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।
जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण