काबुलका भित्ताबाट महिला मोडलका तस्बिर हटाइँदै

अफगानिस्तानको टोलो न्युजका प्रमुख लोतफुल्लाह नाजाफिजादाले एउटा तस्बिर आइतबार आफ्नो ट्वीटरमा शेयर गरेका छन्, जहाँ एक पुरुषले भित्तामा कोरिएको महिला मोडलको तस्बिरलाई रंग लगाएर हटाउँदैछन् ।
तालिवानी लडाकुहरु अहिले काबुलको ढोकामा आएर रोकिएका छन् । अफगानिस्तानमा उनीहरुले कब्जा गर्न बाँकी शहर यहीमात्रै हो । शान्तिवार्ता चलिरहेकाले काबुल कब्जा नगर्ने घोषणा तालिवानले गरिसकेको छ, उसले आफ्ना लडाकुहरुलाई शहरभित्र नघुस्न पनि भनेको छ । तर, यसका बाबजुद पनि लडाकुहरु शहरभित्र घुसिसकेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।
काबुलमा तालिवान फर्किएसँगै युवतीहरू सहयोगको याचना गरिरहेका छन् । २००२ अघि काबुलबाट तालिवानले पुरै अफगानिस्तानको सत्ता हाँकेको थियो । यतिबेला अफगानिस्तानमा सरिया कानून लागु थियो । जसअनुसार १२ वर्षभन्दा बढी उमेरका छात्राले स्कुल जान पाउँदैनथिए, महिलाहरुले बुर्कामा मुख छोप्नुपथ्र्यों ।
मिडिया रिपोर्टअनुसार अहिले तालिवानले कब्जामा लिएर शहरहरुमा पनि पुरुषलाई नलिई महिलाले एक्लै घरबाहिर निस्कन पाउँदैनन् । त्यस्तै, केही महिला कामदारहरुलाई अब उनीहरुको जागिर पुरुषले गर्नेछन् भनिएको छ । उनीहरुलाई बुर्का लगाउन पनि निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु