भारतीय दूतावासले मनायो ७५ औं स्वतन्त्रता दिवस

नेपालस्थित भारतीय दूतावासले भारतको ७५ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा आज लैनचौरस्थित दूतावासमा राष्ट्रिय झण्डा फहराएर कार्यक्रमा सुरुवात गरेका थिए । त्यस अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । र भारतको स्वतन्त्रका लागि बलिदान दिएको स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । राजदूत क्वात्रले सो अवसरमा एकल महिला तथा भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरूका परिवारलाई ४.४५ करोड रुपियाँ वितरण गरेका थिए । साथै प्रत्येक परिवारलाई कम्बल ओढाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरूद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरूको संरक्षणको लागी ‘कला र साँस्कृतिक विरासतको लागी भारतीय राष्ट्रिय ट्रस्ट’ को वेभसाइट पनि शुभारम्भ गरेका थिए । भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका साँस्कृतिक सम्पदाहरूको संरक्षण र पुनःस्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता पनि प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म