बगराम एयरफिल्ड कब्जामा लिएको तालिवानको दाबी
तालिवानले काबुलको बाहिरी इलाकामा पर्ने बगराम एयरफिल्ड र जेललाई कब्जामा लिइएको दाबी गरेको छ । बगराम हवाई अड्डा पछिल्लो महिनासम्म अलकायदा र तालिवानविरुद्धको लडाँइमा केन्द्रीत थियो । अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षे युद्ध यहीबाट सञ्चालन गरेको थियो ।
अघिल्लो महिनामात्रै अमेरिकी सैनिकले यस अड्डा छाडेका थिए । डिसेम्बर २००१ मा अमेरिकाको नेतृत्वमा नेटो सैनिक काबुल पुगेका थिए । बगरामलाई एक विशाल हवाई अड्डाका रुपमा विकसित गरिएको थियो, जहाँ एकै समय १० हजारसम्म सैनिक बस्न सक्थे ।
जर्ज डब्ल्यू बुस, बाराक ओबामा र डोनाल्ड ट्रम्पले राष्ट्रपति छँदा यस अड्डाको भ्रमण गरेका थिए । बगराम अड्डामा बनेको अमेरिकी जेल कैदीहरूका लागि दुव्यर्वहार गर्न कुख्यात थियो । यसको तुलना क्युवास्थित कुख्यात अमेरिकी जेल ग्वान्टेनामो बेसँग गर्ने गरिएको थियो । यस जेललाई अमेरिकाले बनाएको थियो । तर २०१३ मा अफगानिस्तानको जिम्मामा छाडियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण