बगराम एयरफिल्ड कब्जामा लिएको तालिवानको दाबी

तालिवानले काबुलको बाहिरी इलाकामा पर्ने बगराम एयरफिल्ड र जेललाई कब्जामा लिइएको दाबी गरेको छ । बगराम हवाई अड्डा पछिल्लो महिनासम्म अलकायदा र तालिवानविरुद्धको लडाँइमा केन्द्रीत थियो । अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षे युद्ध यहीबाट सञ्चालन गरेको थियो ।
अघिल्लो महिनामात्रै अमेरिकी सैनिकले यस अड्डा छाडेका थिए । डिसेम्बर २००१ मा अमेरिकाको नेतृत्वमा नेटो सैनिक काबुल पुगेका थिए । बगरामलाई एक विशाल हवाई अड्डाका रुपमा विकसित गरिएको थियो, जहाँ एकै समय १० हजारसम्म सैनिक बस्न सक्थे ।
जर्ज डब्ल्यू बुस, बाराक ओबामा र डोनाल्ड ट्रम्पले राष्ट्रपति छँदा यस अड्डाको भ्रमण गरेका थिए । बगराम अड्डामा बनेको अमेरिकी जेल कैदीहरूका लागि दुव्यर्वहार गर्न कुख्यात थियो । यसको तुलना क्युवास्थित कुख्यात अमेरिकी जेल ग्वान्टेनामो बेसँग गर्ने गरिएको थियो । यस जेललाई अमेरिकाले बनाएको थियो । तर २०१३ मा अफगानिस्तानको जिम्मामा छाडियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?