क्रान्तिकारी पार्टी निर्माण अहिलेको आवश्यकता हो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण गर्नु रहेको बताएका छन् । त्यस्तो क्रान्तिकारी पार्टी बन्न सक्ने आधार माओवादीमा रहेको उनको विश्लेषण छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई आइतबार सम्वोधन गर्दै गर्दै नेता श्रेष्ठले ऐतिहासिक जनयुद्ध, जनसंघर्ष र परिवर्तनको नेतृत्व गरेको हुनाले माओवादी पार्टीले क्रान्तिकारी कार्यभार पूरा गर्न सक्ने बताए ।
समाजवादी क्रान्ति हाँक्न सक्ने पार्टी बनाउनका लागि वैचारिक समस्या मुख्य रहेको भन्दै श्रेष्ठले पार्टीको शुद्धीकरणमा जोड दिए । अहिलेको कार्यभार दुईवटा रहेको बताउँदै श्रेष्ठले क्रान्तिकारी पार्टी निर्माण र प्रतिगमन विरोधी गठबन्धन सरकारलाई उपलब्धिमूलक बनाउने दुईवटा कार्यभार पूरा गर्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीति प्रतिवेदन मूलतः सही रहेको बताउँदै एमालेसँगको एकताका क्रममा प्रक्रियागत कमजोरी भए कि भन्नेबारे समीक्षा गर्नुपर्ने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक