बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

प्रहरी प्रधान कार्यालयको निरीक्षणमा गृहमन्त्री

‘कोभिड–१९ नियन्त्रणमा प्रहरी अभियान सराहनीय’
आइतबार, ३१ साउन २०७८, १६ : २९
आइतबार, ३१ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार नक्सालस्थित प्रधान कार्यालय निरीक्षण गर्न गएका खाँणले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा रहको डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गरेर खाँणले गतिविधिबारे जानकारी लिएका छन् । प्रहरी हेडक्वार्टरमा उपस्थित अधिकृत र ७ प्रदेशका कार्यालय प्रमुख र सबै जिल्लाका इन्चार्जहरुलाई भिडियो कन्फेरेन्समार्फत उनले निर्देशन दिएका छन् ।

निर्देशनका क्रममा मन्त्री खाँणले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको बताए । ‘संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्छ’ खाँणले भने–‘आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील छ, त्यस्ता हिंसा न्यूनीकरण गर्न तपाईहरु गम्भिरतापूर्वक लाग्नुस् ।’

गृहमन्त्री खाँणले कोभिड–१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियान सराहनीय रहेको बताए । गृहसचिव टेकनारायण पाण्डेले प्रहरीको मनोबल विकासका लागि प्रभावकारी तवरले काम गर्नुपर्ने बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मूलभूत दायित्व रहेको उल्लेख गर्दै कालोबजारी नियन्त्रण तथा विपद् बाट हुने क्षति न्यूनिकरण गर्न सदैव कटिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप