नेप्सेमा मौद्रिक नीतिको प्रभाव : २४ अंकले घटेको बजारमा साढे २१ अर्ब माथिको कारोबार
सेयर बजार परिसूचक नेप्सेमा मौद्रिक नीतिको प्रभाव परेको छ । गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेसँगै डराएका लगानीकर्ताहरूले धमाधम सेयर बिक्री गर्न थालेपछि एकैदिन अधिकतम साढे २१ अर्ब माथिको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१ सय ५४.०३ बिन्दुमा झर्दा अधिकतम २१ अर्ब ६४ करोड ७६ लाखको सेयर कारोबार भएको छ । बजार शुरु भए देखिनै निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक अन्तिमसम्ममा ३१ सय ५४.०३ बिन्दुमा अड्किन सफल भएको हो ।
यस दिन सेयर बजारका अधिकांश समूह तथा उप समूहहरु ऋणात्मक हुँदा तीन कम्पनीको सेयर मूल्यमा सर्किट नै लाग्ने गरी मूल्य बृद्धि भएको छ । खानी खोला हाइड्रोपावर को. लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स र जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य अधिकांश कम्पनीहरुले सेयर मूल्यमा गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण