अफगानिस्तानका राष्ट्रपतिले बोलाए आपतकालीन बैठक
अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।
आइतबार बिहानैदेखि तालिबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालिबानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् । प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादबिनै तालिबानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिबानीहरु काबुलतर्फ अघि बढेका हुन् ।
यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको छ । काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ ।
शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् । केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका छन् ।
तालिबानी नेताहरुले शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्न घानी सरकारलाई आग्रह गरेको छ । उसले नागरिकहरुलाई देश छाडेर नजान आग्रहसमेत गरेको छ ।
-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण