एमाले विवाद : पोखरेल र रावलबीच एक घण्टा वार्ता
नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।
आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो । महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
‘उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।
दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट निरन्तर पार्टी एकताका लागि अध्यक्ष ओली पक्षका नेताहरुसँग सम्वादमा छन् ।
पछिल्लो समय अध्यक्ष ओली पक्षले बैठक राखेर विधान संशोधनसहित महाधिवेशन केन्द्रीत गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । पार्टी एकताका लागि एकपक्षीय गतिविधि रोक्नुपर्ने माधव नेपाल पक्षको माग विपरित ओली पक्षले विभिन्न गतिविधि अघि बढाएपछि माधव नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि अघि बढाउने निर्णयमा पुगेको छ ।
१० सदस्यीय एमाले विवाद समाधान कार्यदलले अघि सारेको प्रस्ताव विपरित ओली र नेपाल पक्षले गतिविधि गर्दै आएका छन् । जसले गर्दा एमाले एकता भन्दा विभाजनतर्फ अघि बढेको नेताहरुले बताउँदै आएका छन् । यही बेला एमाले माधव पक्षका नेता भीम आचार्य र सुरेन्द्र पाण्डे वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नयाँ दिल्ली पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण