एमालेको ध्यानाकर्षण : कूटनीतिक पहलमार्फत गोर्खा सैनिक समस्या समाधान गर्न माग

नेकपा एमालेले बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्दै गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायत बीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर आन्दोलनरत गोर्खा समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहलका लागि नेकपा (एमाले) नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ’ प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेले बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज भनेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास