मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बलात्कारका घटना : प्रदेश नम्बर १ मा सबैभन्दा बढी

यस्तो छ, विगत ४ वर्षमा देशभित्र भएका बलात्कारका घटनाको तथ्याङ्क
आइतबार, ३१ साउन २०७८, १३ : ५४
आइतबार, ३१ साउन २०७८


जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा देशभर २ हजार ५३२ वटा जबरजस्ती करणीका घटना हुँदा प्रदेश नम्बर १ मा मात्रै ६०२ वटा घटना भएका छन् । त्यसै गरी जबरजस्ती करणी उद्योग (करणी प्रयास) प्रदेश नम्बर १ नै अगाडि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा १६८ वटा जबरजस्ती करणी उद्योगका उजुरी दर्ता भएका छन् । 

प्रत्येक वर्ष बढ्दै गएको जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका उजुरी र मुद्दामा प्रत्येक वर्ष प्रदेश नम्बर १ मा यस्ता घटना बढी हुने गरेको पाइएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर २ मा जबरजस्ती करणीका ३७५ र जबरजस्ती करणी उद्योगका ११५ वटा घटना प्रहरीकोमा आएको छ । 

त्यसै गरी बागमती प्रदेशमा गत आर्थिक वर्षमा ३ सय वटा जबरजस्ती करणीका घटना प्रहरीको जानकारीमा आएको छ भने ८८ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । 

 

आर्थिक वर्ष २०७७–७८ मा गण्डकी प्रदेशमा २०९ वटा बलात्कारका घटना भएका छन् भने ५६ वटा करणीका प्रयास भएका छन् ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा ४३८ वटा जबरजस्ती करणीका घटना भएका छन् भने १३४ वटा जबरजस्ती करणी प्रयास भएको घटना प्रहरीको जानकारीमा आएको छ । 

त्यस्तै कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा १५५ वटा जबरजस्ती करणीका घटना भएका छन् भने ४६ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा २२६ वटा जबरजस्ती करणीका घटना भएका छन् भने ८९ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । 

काठमाडौँ, भक्तपुर र ललितपुर गरी उपत्यकामा गत आर्थिक वर्षमा २२७ वटा बलात्कारका घटना भएका छन् भने ४० वटा जबरजस्ती करणी उद्योगको घटना भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप