असोज ८ देखि राष्ट्रिय सम्मेलन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) को निर्णय

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनको साउन २९ गते बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा सम्मेलन गर्नेगरी निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।
त्यसका लागि भदौ १५ गतेभित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ । यस्तै सबै तहका भेला तथा सम्मेलनहरू सहमतिको आधारमा गरिने संगठनको निर्णय छ ।
बैठकले राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति र उपसमिति समेत बनाएको अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए । बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण गराइएकाले पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशभित्रै अध्ययनको वातावरण मिलाउन माग गरेको छ ।
यस्तै मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उपकुलपतिलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ ।
बैठकका निर्णयहरु विज्ञप्तिमा :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?