शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एमएमएस भिडियो लिक भएपछि ट्रोलको सिकार भइन् अभिनेत्री

आइतबार, ३१ साउन २०७८, १२ : ०९
आइतबार, ३१ साउन २०७८

भोजपुरी फिल्म क्षेत्रकी चर्चित अभिनेत्री त्रिशाकर मधु भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लागेको छ ।

मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुको प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।

उनले आफ्नो निजी भिडियो सार्वजनिक गर्नेलाई निशाना बनाएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवान्ले सबै हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार्वजनिक गरिएको हो ।’

उनको भिडियो सार्वजनिक भएसँगै विभिन्न प्रकारका प्रतिक्रियाहरु आएका छन् । उनले आफै ‘पब्लिसिटी’ को लागि भिडियो बनाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् । 

मधुले भिडियो आफै बनाएको पनि स्वीकार गरेकी छन् । उनले भिडियो आफैले बनाएको तर कसैले नियतबस सार्वजनिक गरिदिएको भन्दै आक्रोश व्यक्त गरिन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप