थिएटर अगाडि युट्युवमा ‘उल्झन’
कोरोना लगायत विभिन्न कारणले प्रचार–प्रसार गरेर पनि सार्वजनिक प्रदर्शनमा आउन नसकेको फिल्म ‘उल्झन’ सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक प्रदर्शनको माहोल अनिश्चित भएपछि युट्युबमार्फत सार्वजनिक गरेको हो ।
विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखको कथामा बनेको फिल्म राजु अधिकारीले निर्देशन गरेका हुन् । फिल्म थिएटर रिलिज निश्चित नभएको कारणले डिजिटल प्लेकार्ड युट्युवमा रिलिज गरिएको निर्माता हरि कार्कीले बताए ।
आशुतोष फिल्मसको ब्यानरमा निर्मित, तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, विबेनी ढुङ्गाना, लगायतको अभिनय देख्न सकिन्छ ।
सन्तोष अधिकारी र हरि कार्कीको संयुक्त निर्माण गरेको फिल्ममा हीरामणि न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायाँकन र आरती अधिकारी आचार्यको लेखन छ ।
निर्देशक अधिकारीको अर्को फिल्म ‘माया बस्छ कि के हो’ समेत रिलिजको तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख