एमाले नेता पाण्डे र आचार्य किन पुगे दिल्ली ?
काठमाडौं । नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् ।
एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।
नेता आचार्य र पाण्डे माधव नेपाल निकट मानिन्छन् । पछिल्लो समय एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली गएपछि विभिन्न आशंका गरिएको छ । यद्यपि पाण्डे निकट रहेका एमाले केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले बोलाएकाले दुवै नेता दिल्ली गएका हुन् ।
‘मैले बुझेअनुसार दिल्लीमा उपचाररत झलनाथ खनाल (जेएन) कमरेडले भेट्न बोलाउनुभएकाले जानुभएको हो । आइतबार बेलुकासम्म उहाँहरु नेपाल आइसक्नुहुनेछ ।’
एमाले विवादमा नेता माधव नेपालले अपमान सहेर एकता नगर्ने बताइरहेका बेला आचार्य र पाण्डे भने जसरी पनि पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका छन् । एमालेका कतिपयले नेता कार्यकर्ताले पाण्डे र आचार्यका पछिल्ला अभिव्यक्तिलाई लिएर उनीहरु अध्यक्ष ओलीसँग मिल्न पुगेको आशंका गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण