काँग्रेसको निर्वाचन निर्देशिका : क्षेत्रीय प्रतिनिधिले पालिका सभापति लड्न पाउने
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कमिटीको उठेको सुझावलाई समेट्ने गरी १४ औं महाधिवेशनको निर्वाचन निर्देशिका पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिकामा बैठकबाट प्राप्त सुझावलाई समेटेर सहमतिमा टुङ्गो लगाउन लगाई भदौ १ को समय दिइएको हो ।
बैठकले निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई भदौ १ गते सहमतिमा टुङ्गो लगाइ भदौ २ गतेभित्र सभापतिलाई बुझाउन भनेको छ ।
उक्त निर्देशिकामा पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्था गरिएको छ ।
यस्तै सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने व्यवस्था गरिएको छ ।
यस्तै काँग्रेसले विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेखित व्यवस्था संशोधन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशन र नगर/उपमहानगर/ महानगरपालिका क्षेत्र भित्रका काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य हुने भनिएको थियो ।
त्यसलाई संशोधन गरी गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय भएको छ । विधानमा गरिएका उक्त संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण