क्रियाशील सदस्यताको विवादित विषय टुंग्याउने जिम्मा तीन नेतालाई
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो ।
उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्ने तीन नेतालाई जिम्मा दिएको छ । बैठकले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखकले भदौ ३ गतेको म्यान्डेट दिएको हो ।
भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई दौ ३ गते सभापति शेरबहादुर देउवालाई बुझाउन भनेको छ । समितिले बाँकी विवाद नेतृत्व तहमा टुंग्याउने गरी साउन १२ गते छानविन समितिको प्रतिवेदन बुझाएको थियो ।
उक्त विवाद टुंग्याउन सभापति देउवाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत र मिनेन्द्र रिजाल सम्मिलित उच्चस्तरीय समिति बनाएर छलफल पनि गरियो । तर सहमति हुन सकेन । शनिबारको बैठकले अब सिटौला, रिजाल र लेखकलाई विवाद टुंग्याउने जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण