शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रियाशील सदस्यताको विवादित विषय टुंग्याउने जिम्मा तीन नेतालाई

आइतबार, ३१ साउन २०७८, ०६ : ४९
आइतबार, ३१ साउन २०७८

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो । 

उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्ने तीन नेतालाई जिम्मा दिएको छ । बैठकले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र  रमेश लेखकले भदौ ३ गतेको म्यान्डेट दिएको हो । 

भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई दौ ३ गते सभापति शेरबहादुर देउवालाई बुझाउन भनेको छ । समितिले बाँकी विवाद नेतृत्व तहमा टुंग्याउने गरी साउन १२ गते छानविन समितिको प्रतिवेदन बुझाएको थियो ।

उक्त विवाद टुंग्याउन सभापति देउवाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत र मिनेन्द्र रिजाल सम्मिलित उच्चस्तरीय समिति बनाएर छलफल पनि गरियो । तर सहमति हुन सकेन । शनिबारको बैठकले अब सिटौला, रिजाल र लेखकलाई विवाद टुंग्याउने जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप