काँग्रेसले ६ महिना थप्यो ९ भ्रातृ संस्थाको म्याद
काठमाडौं । काँग्रेसले ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थपेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
म्याद समाप्त भएका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् ।
उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको छ । नेविसंघकाे तदर्थ समितिकाे २ पटक थप भएको म्याद सकिँदासम्म पनि महाधिवेशन हुन सकेको छैन। शनिबार तेस्रो पट म्याद थपिएको छ । यस्तै तरुण दलको पनि २ पटक थपिएको म्यादसमेत सकिएपछि तेस्रो पटक थपिएको छ । किसान संघमा १६ महाधिवेशन हुन सकेको छैन । म्याद थपिएको थपिएकै छ । यस्तै प्रजातन्त्र सेनानी संघको अधिवेशन पनि १४ वर्ष देखी भएको छैन ।
६४ सालदेखि आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन । म्याद थप्ने क्रम जारी छ । दलित संघको महाधिवेशन ०६९ हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पनि ०६६ सालयता महाधिवेशन भएको छैन ।
तामाङ संघको महाधिवेशन नभएको पनि ६ वर्ष भइसकेको छ । ठाकुर समाजले काँग्रेसको १२औं महाधिवेशनबाट भ्रातृ संस्थाका रूपमा मान्यता पाएपनि अहिलेसम्म अधिवेशन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा