खेलकुदमैत्री कानून बन्छ : मन्त्री थापा
गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताए ।
जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको समेत जानकारी गराए ।
नेपाल लोकतान्त्रिक खेलकूद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसङ्गतिको अन्त्यका लागि लोकतान्त्रिक खेलकूद सङ्घ निरन्तर लागि रहने बताए । लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, पोखरा– ९ का वडाध्यक्ष रामराज लामिछाने, सङ्घका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाललगायतले खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए ।
पोखरा रङ्गशालालाई हरियालीमैत्री बनाउने लक्ष्यका साथ आयोजित कार्यक्रममा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा