आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीका दुई मन्त्रीलाई कोरोना संक्रमण

शनिबार, ३० साउन २०७८, १९ : १७
शनिबार, ३० साउन २०७८

गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो । 

दुबै मन्त्रीले शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रीका सचिवालयहरूले जनाएका छन् । हाल दुवै जना मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित दुबै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेका छन् ।

दुवै जना नयाँ गठन भएको सरकारको मन्त्री मन्त्रीमा नियुक्त भएपछि नेता कार्यकर्ता र शुभेच्छुकहरुले खादामाला लगाउने तथा बधाई दिने कार्यक्रमहरुमा निरन्तर सहभागि हुने क्रममा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।

त्यसैगरी दुवै जना मन्त्रीमा पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएलगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । त्यसपछि लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताइएको छ । परिवार र सचिवालयका अन्य सदस्यहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ । 

मन्त्री बुढा र थापाको स्वास्थ्य अवस्था सामान्य रहेकोले हाल आफुहरु निवासमै आइसोलेसन रहेको उनीहरुको भनाइ उदृत गर्दै सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप