शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकता

शनिबार, ३० साउन २०७८, १८ : ३२
शनिबार, ३० साउन २०७८

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । 

उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औँ वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौँ । अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौँ ।’

उनले आफूहरू पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्गनिर्देशन अनुसार अघि बढ्ने पनि विश्वास दिलाए । उनले पार्टीले एमसीसीको विरुद्धमा सशक्त रूपमा आवाज उठाउने पनि जानकारी दिए । त्यस्तै, नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित र विकार गरेर लैजाने पनि उनले सुनाए । 

त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता तथा अधिदलपति डा.जयन्तविक्रम शाहले पार्टी निर्माणदेखि यहाँसम्मको सङ्घर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप