आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार श्रेष्ठको निधनले अपूरणीय क्षति

शनिबार, ३० साउन २०७८, १७ : ५४
शनिबार, ३० साउन २०७८

जनकपुरधामबाट प्रकाशित हुने जानकी साप्ताहिकका प्रकाशक तथा सम्पादक मदनलाल श्रेष्ठको निधन भएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको उपाध्यक्ष पदमा समेत पटक–पटक निर्वाचित भएका वरिष्ठ पत्रकार श्रेष्ठ गत मङ्सिर महिनादेखि आफ्नो छोराहरूका साथ चितवन स्थित नारायणगढमा बस्दै आएका थिए ।

वरिष्ठ पत्रकार श्रेष्ठको ७३ वर्षको उमेरमा असामयिक निधन भएको उनको भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले जानकारी दिए । राजनीतिदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेका उनको निधनले जनकपुरधामको पत्रकारिता क्षेत्रले कुशल अभिभावक गुमाएको वरिष्ठ पत्रकार बीएम खनालले बताए ।

पत्रकारिता क्षेत्रमा ०२७ देखि सक्रिय रहेका वरिष्ठ पत्रकार श्रेष्ठ जनकपुर नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्षमा समेत पटक–पटक निर्वाचित भएका थिए ।

वरिष्ठ पत्रकार श्रेष्ठको असामयिक निधन भएको प्रति प्रेस सङ्गठन नेपाल धनुषाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

३ दाजुभाइमध्ये पत्रकार श्रेष्ठ सबैभन्दा जेठो हुन् । उनको माइलो भाइ शंकरलाल श्रेष्ठ पनि पत्रकार छन् । उनको एक श्रीमती, २ छोरा र २ छोरी छन् । पत्रकार श्रेष्ठको पार्थिव शरीरलाई शुक्रवार साँझ नारायण घाटको आर्यघाटमा अन्तिम संस्कार गरिएको माइलो भाइ समेत रहेका पत्रकार शङ्कर श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप