बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोभिड : कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ८५५

शनिबार, ३० साउन २०७८, १७ : ०६
शनिबार, ३० साउन २०७८


कर्णाली प्रदेशमा शनिबार थप ११५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। १३६ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ७० जना र २२१ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । 

यो सँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ३१ हजार ८५५ पुगेको छ।  शनिबार सबैभन्दा धेरै सुर्खेत जिल्लामा ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

यस्तै कालिकोटमा २५, रुकुम पश्चिममा १९, जुम्लामा १५, जाजरकोटमा १२, दैलेखमा ५ र मुगुमा २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ। 

कर्णालीमा पछिल्लो समय कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या उकालो लाग्दो छ ।  यस्तै शनिबार ८५ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन्। 

यो सँगै प्रदेशमा कुल सङ्क्रमित मध्ये निको हुनेको सङ्ख्या २९ हजार १०७ रहेको छ भने प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पुन बढेर ९७७ मा उक्लिएको छ।  

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणका कारण कर्णालीमा कसैले ज्यान गुमाएका छैनन्।  कर्णालीमा हालसम्म आरटी–पीसिआर विधि र एन्टिजेन विधिबाट गरी एक लाख ६७ हजार ०८७ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्का बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप