राहुल गान्धीसहित भारतीय कांग्रेसको ट्वीटर एकाउन्ट ‘अनलक’

person explore access_timeसाउन ३०, २०७८ chat_bubble_outline0

 

सामाजिक सञ्जाल ट्वीटरले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ । यसअघि ६ दिनसम्म यी एकाउन्टहरू लक गरिएका थिए । ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउँदै आएको छ  । 

यस अवधिमा कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरिएको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या गरिएकी एक दलित बालिकाको दाहसंस्कारको फोटो पोस्ट गरेका थिए, तस्बिरमा पीडित परिवार पनि देखिएको थियो । त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका थिए । 

ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ । ‘सत्यमेव जयते,’ पार्टीको ट्वीटर एकाउन्टमा लेखिएको छ । 

ट्वीटरले दियो यस्तो कारण 

ट्वीटरले यस फैसलाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ । ‘अपिल प्रक्रियाअन्तर्गत राहुल गान्धीले हाम्रो इन्डिया ग्रेवियान्स च्यानल (भारतमा ट्वीटरको गुनासो गर्ने मञ्च) को माध्यमबाट सम्बन्धित तस्बिर उपयोग गर्नका लागि भएको औपचारिक सहमतिको पत्रको एक प्रति दिएका छन्,’ ट्वीटरले भनेको छ,‘यही आधारमा एकाउन्ट अनलक गर्ने फैसला लिइएको छ ।’ तर भारतीय कानुनलाई ध्यानमा राख्दै त्यस ट्वीटलाई भारतमा हेर्नबाट रोक लगाइएको ट्वीटरले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।