आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अफगानी राष्ट्रपतिले भने– ‘२० वर्षका उपलब्धिलाई गुम्न दिनेछैनौँ’

शनिबार, ३० साउन २०७८, १६ : ४१
शनिबार, ३० साउन २०७८

अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई जनतालाई युद्ध नथोपर्ने बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले पछिल्ला २० वर्षका उपलब्धिलाई गुम्न नदिने बताए ।  ‘हामीले पछिल्ला २० वर्षमा जे हासिल गरेका छौं, त्यसलाई गुम्न दिनेछैनौं । हामी थप अफगानीहरुको हत्या हुन दिनेछैनौं र सार्वजनिक सम्पत्ति पनि नस्ट गर्नेछैनौं ।’

अफगानी राष्ट्रपतिको रेकर्डेड सन्देश शनिबार राष्ट्रिय टेलिभिजनमार्फत प्रशारण भएको हो । उनले आफ्ना जनताको भविष्यको चिन्ता लागेको बताए । तर, राजीनामा दिने विषय उल्लेख गरेनन् । ‘राष्ट्रपतिका रुपमा मेरो ध्यान अस्थिरता, हिंसा र विस्थापनलाई रोक्नेमा हुनेछ, म यो भरोसा दिलाउन चाहन्छु’ उनले भने । 

घानीले यस सम्बोधनमा राजीनामाको घोषणा गर्नसक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको थियो । तर, त्यस्तो घोषणा आएन । ‘अहिलेको अवस्थामा अफगानिस्तानका सुरक्षाबल र सेनालाई फेरि एकजुट गर्नु नै मेरो पहिलो प्राथमिकता हो’ उनले भने । 

पछिल्लो समय तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा एकपछि अर्काे शहर कब्जा गरिरहेका छन् । उनीहरुले ३४ प्रान्तमध्ये १९ प्रान्त आफ्नो कब्जामा लिइसकेका छन् । राजधानी काबुलभन्दा ५० किलोमिटर नजिकको शहर पनि उनीहरुकै कब्जामा छ । लाखौं जनताहरु तालिवानी विद्रोहीदेखि त्रसित भएर घर छाड्दै काबुलमा विस्थापित भएका छन् । सुरक्षाकर्मीहरुले तालिवानको पर्याप्त प्रतिरोध नगरेको र शहर कब्जामा जान दिएको उनीहरुको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप