अफगानी राष्ट्रपतिले भने– ‘२० वर्षका उपलब्धिलाई गुम्न दिनेछैनौँ’
अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई जनतालाई युद्ध नथोपर्ने बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले पछिल्ला २० वर्षका उपलब्धिलाई गुम्न नदिने बताए । ‘हामीले पछिल्ला २० वर्षमा जे हासिल गरेका छौं, त्यसलाई गुम्न दिनेछैनौं । हामी थप अफगानीहरुको हत्या हुन दिनेछैनौं र सार्वजनिक सम्पत्ति पनि नस्ट गर्नेछैनौं ।’
अफगानी राष्ट्रपतिको रेकर्डेड सन्देश शनिबार राष्ट्रिय टेलिभिजनमार्फत प्रशारण भएको हो । उनले आफ्ना जनताको भविष्यको चिन्ता लागेको बताए । तर, राजीनामा दिने विषय उल्लेख गरेनन् । ‘राष्ट्रपतिका रुपमा मेरो ध्यान अस्थिरता, हिंसा र विस्थापनलाई रोक्नेमा हुनेछ, म यो भरोसा दिलाउन चाहन्छु’ उनले भने ।
घानीले यस सम्बोधनमा राजीनामाको घोषणा गर्नसक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको थियो । तर, त्यस्तो घोषणा आएन । ‘अहिलेको अवस्थामा अफगानिस्तानका सुरक्षाबल र सेनालाई फेरि एकजुट गर्नु नै मेरो पहिलो प्राथमिकता हो’ उनले भने ।
पछिल्लो समय तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा एकपछि अर्काे शहर कब्जा गरिरहेका छन् । उनीहरुले ३४ प्रान्तमध्ये १९ प्रान्त आफ्नो कब्जामा लिइसकेका छन् । राजधानी काबुलभन्दा ५० किलोमिटर नजिकको शहर पनि उनीहरुकै कब्जामा छ । लाखौं जनताहरु तालिवानी विद्रोहीदेखि त्रसित भएर घर छाड्दै काबुलमा विस्थापित भएका छन् । सुरक्षाकर्मीहरुले तालिवानको पर्याप्त प्रतिरोध नगरेको र शहर कब्जामा जान दिएको उनीहरुको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता