शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा पहिरोमा परेर मजदुरको मृत्यु

शनिबार, ३० साउन २०७८, १४ : ३७
शनिबार, ३० साउन २०७८

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । पाणिनी–६, लामडाँडा निवासी  ४३ वर्षीय मनबहादुर सुनारको पहिरोमा परेर मृत्यु भएको हो । निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । 

पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निकालेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप