कर्णालीका सभामुखको निर्वाचन क्षेत्रमा करोडौंको बजेट

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालयका भवन र फिल्ड निर्माणका लागि करोडौँ रकम विनियोजन गरिएको छ । शाहीको दैलेख निर्वाचन क्षेत्र नं.–२ का तीन पालिकाका १५ वटा विद्यालय भवन र फिल्डका लागि मात्रै प्रदेश सरकारले ३ करोड रकम विनियोजन गरिएको हो ।
प्रदेश सरकारले १० वटा आधारभूत, एउटा माध्यमिक र एउटा आधारभूत विद्यालयको फिल्ड निर्माणको लागि भन्दै उक्त बजेट छुट्याइएको हो । प्रत्येक स्थानीय तहका ५÷५ वटा विद्यालय छुट्याई २० लाखको दरले रकमान्तर गरिएको छ । जसअन्तर्गत चामुण्डा विन्दासैनी नगरपालिकाको वडा नं. ५ मा रहेको देउती आधारभूत विद्यालय, वडा नं.–२ को जनता आधारभूत विद्यालय, वडा नं.–८ को अमकोट, ७ को कवल सरस्वती रातामाटा र ९ वडाको देउती आधारभूत विद्यालय हिउकेपानी उल्लेख गरिएको छ ।
यस्तै सभामुख शाहीको आफ्नो गृहपालिका ठाटीकाँध गाउँपालिका –६ को जनता आधारभूत, ३ को नेरा आधारभूत धामिगाउँ, ४ को महादेव ज्यामिचौर, १ को धर्मभक्त आधारभूत र २ नम्बर वडाको शुक्र आधारभूत विद्यालय जौचर छनोटमा परेका छन् ।
पश्चिम क्षेत्रमा पर्ने आठबिस नगरपालिका– ६ को भैरव माध्यमिक विद्यालयको भवन निर्माणका लागि पनि २० लाख रकम विनियोजन गरिएको छ भने आठबीस–९ को गणेश आधारभूत, २ को जनआधारभूत श्रीकोट, ५ को गोकुल आधारभूत र वडा नम्बर ८ को हिमालय आधारभूत विद्यालयको फिल्ड निर्माणका लागि बजेट छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?