मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वामदेव गौतमजस्तो अपमान सहन्न : माधव नेपाल

शनिबार, ३० साउन २०७८, २३ : २८
शनिबार, ३० साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् ।  शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले  अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए । 

‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए । 

‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ ।  उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप