सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान
ताप्लेजुङमा विद्युत् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।
जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए । मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उनले जानकारी दिए । मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
फुङलिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ ।
पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरधुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।
फक्ताङलुङ गाउँपालिकामा भने राष्ट्रिय प्रसारण लाइन कुनै पुगेको छैन । चालु आवमा फक्ताङलुङ गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना रहेको प्राधिकरणले जनाएको छ । जिल्लामा आठ विद्युत् सहकारी दर्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा दुई सहकारीमार्फत गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन पुर्याउने काम भइरहेको प्राधिकरणका सूचना अधिकारी देवनाध मण्डलले बताए ।
मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्गा गाउँपालिका, सिदिङवा गाउँपालिकामा एक–एक र पाथीभरा याङवरक गाउँपालिकामा दुई गरी आठ विद्युत् सहकारीमार्फत राष्ट्रिय प्रसारण लाइन दुर्गम बस्तीसम्म पुर्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ