आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राति ढिलो खाना खाँदा आउने ५ खतरा

शनिबार, ३० साउन २०७८, ११ : २३
शनिबार, ३० साउन २०७८

स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ । र, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खाने गर्नुपर्छ । 

रातिमा ढिलो खाना खाँदा के के खतरा आउँछ ? 

मोटोपना
राति ढिलो खाना खानुको अर्थ मोटोपनालाई निमन्त्रणा दिनु हो । नर्थ वेस्टर्न युनिभर्सिटीको अनुसार सुत्ने समयमा खाना खाँदा मोटोपनको खतरा बढ्छ । शरीरलाई लामो समयसम्म अतिरिक्त क्यालोरी जम्मा हुन्छ जुन फ्याटको रुपमा परिवर्तन हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, हृदयरोग 
युनिभर्सिटी अफ पेन्सिलभेनियामा भएको एक अध्ययनले राति ढिलो खाना खाँदा उच्च रक्तचाप, मधुमेह र हृदयसम्बन्धी रोगहरु लाग्ने खतरा बढ्छ । राति ढिलो खाना खाँदा ग्लुकोजको मात्रा बढ्छ । यसले रगतमा बासोको मात्रा बढ्छ । जसले मुटुसम्बन्धी समस्या हुन्छ । 

स्मरणशक्तिमा असर 
युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकका अनुसार मुसामा गरिएको प्रयोगमा मुसालाई सुत्ने समयमा भोजन गराइएको थियो । राति ढिलो खाना खाँदा मुसाको स्मरणशक्तिमा प्रभाव पार्छ । र सिक्ने क्षमता प्रभावित भयो । मुसामा स्मरण बनाउने अणु प्रभावित भएको थियो ।

खाना खाने बानी बिग्रन्छ 
राति ढिलो खाना खाने गर्दा खाना खाने बानीमा असर पर्छ । यद्यपि, यस्तो थकानका कारण हुन्छ । थकानका कारण व्यक्तिको छिट्टै पेट भरिन्छ । 

पाचन प्रक्रियामा असर 
राति ढिलो खाना खाँदा शारीरिक गतिविधि कम हुन्छ । जसले गर्दा मेटाबोलिज्ममा असर पुग्छ । शरीरमा भोजन पचाउने क्षमतामा पनि असर पर्छ । यसले शरीरमा सही पोषक तत्व पनि प्राप्त हुँदैन । र बिरामी हुने सम्भावना पनि बढ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप