शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाबुले चलाएको बन्दुकको छर्रा लागेर छोराको मृत्यु

शनिबार, ३० साउन २०७८, ११ : २१
शनिबार, ३० साउन २०७८

पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

शुक्रबार साँझ बारीमा स्याल धपाउन बन्दुक प्रहार गर्दा धनबहादुरको टाउकोमा छर्रा लागेको प्रहरीको भनाई छ ।  घर नजिकैको मकैबारीमा आएको स्याललाई ताकेर भरुवा बन्दुक पड्काउने क्रममा अचानक आफ्नै छोराको टाउकोमा छर्रा लागेर मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।  कर्णबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी त्वातीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप