यौन दुर्व्यवहार पीडितद्वारा निकी मिनाज र उनको पतिविरुद्ध मुद्दा दायर
सन् १९९४ मा –यापर निकी मिनाजका पति केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार बनेकी एक महिलाले दम्पतीविरुद्ध मुद्दा दायर गरेकी छन् । मिडिया रिपोर्टका अनुसार ४३ वर्षीया ती महिलाले दम्पतीमाथि बलात्कार प्रयासको आरोप फिर्ता लिन दबाब दिएको आरोप लगाएकी छन् ।
ती युवतीलाई किशोरावस्थामा बलात्कारको प्रयास गरेको स्वीकार गरेपछि पेटीले साढे चार वर्ष जेलमा बिताएका थिए । गत वर्ष ‘यौन उत्पीडक’ मा दर्ता नभएको भन्दै उनी पुनः पक्राउ परेका थिए ।
अमेरिकाको न्युयोर्कस्थित अदालतमा दायर गरिएको रिट निवेदनमा मिनाजले एक सहजकर्तामार्फत पेटीविरुद्धको आरोप फिर्ता लिनका लागि ५ लाख अमेरिकी डलर अफर गरेको ती महिलाले आरोप लगाएकी छन् । सन् २०२० मा पेटी पक्राउ परेपछि ती सहजकर्ताले –यापरलाई उनको नम्बर दिएको र मिनाजले त्यसपछि उनलाई फोन गरेर उनी र उनको परिवारलाई लस एन्जलिस लैजाने र सहयोग गर्ने अफर प्रस्ताव गरेकी थिइन् । रिट निवेदनमा ती महिलाले मिनाजको अफर अस्वीकार गरेको बताएकी छन् ।
मिनाज र पेटीले सन् २०१८ मा डेट गर्न सुरु गरेका थिए । एक वर्षपछि उनीहरूले विवाह गरेका थिए । उनीहरूको ११ महिनाको छोरा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्तान्तरण नै नभएको कृषि थोक बजारमा बागमतीको मन्त्रालय
-
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
-
मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप
-
बामदेवलाई तेस्रो मर्यादा, चौथोमा बेदुराम
-
एक खेलअगावै पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला
-
हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन