शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सरकारको एउटा पिल्लर एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउछ : प्रवक्ता शर्मा

शनिबार, ३० साउन २०७८, ०९ : ०२
शनिबार, ३० साउन २०७८

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले  नेकपा एमालेको माधवकुमार नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताएको  छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको एक पिल्लर नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ । त्यस मध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरू रहेको बेलामा उहाँहरु एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्ग प्रशस्त प्राप्त गर्छ ।’

काँग्रेसले केन्द्रीय समिति बैठकबाट सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने  शर्माको भनाइ थियो । 

उनले भने, ‘राष्ट्रिय राजनीतिलाई सही ढंगले सम्पादन गरेर अगाडी जानुपर्ने कार्यभार एकातर्फ छ राष्ट्रिय राजनीतिको । अर्कोतर्फ, नेपाली कांग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्दै संगठनलाई सुदृढ बनाएर जाने घरेलु कार्यभार छ । यो दुईवटै कार्यभारको सम्बन्धमा बैठकमा भइरहेको छलफलपछि हामी निष्कर्षमा पुग्नेछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप