आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकले महाधिवेशन सुनिश्चित गर्छ : किरण गिरी

शनिबार, ३० साउन २०७८, ०८ : १२
शनिबार, ३० साउन २०७८

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले जारी केन्द्रीत केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन सुनिश्चित गर्ने बताएका छन् । ​बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको भनाइ छ । 

‘केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन सम्बन्धमा संवैधानिक, कानुनी, राजनीतिक र मुलुकको विद्यमान कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर जनता र  काँग्रेसका झण्डै ९ लाख क्रियाशील सदस्यहरुको चाहना एव् भावना अनुसार  उपयुक्त र आवश्यक निर्णय लिने छ,’ गिरीले भने । 

आजको बैठकले महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने उनले बताए । गिरीका अनुसार पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका समेत पारित गर्न सक्ने छ ।

उनले भने , ‘जिवन्त लोकतान्त्रिक पार्टीमा विचारको विविधता र सामान्य मतान्तर स्वाभाविक हो । एक मतमा निर्णय लिएर सुदृढ एकताका साथ अगाडि बढ्ने काँग्रेसको विशेषता हो ।’ 

१४ औ महाधिवेशनमा देउवा नै पार्टी सभापति हुनुपर्ने आजको आवश्यकता रहेको उनले बताए । १४ औं महाधिवेशनमा देउवाको नेतृत्वमा केन्द्रीय समितिमा नयाँ र युवा पुस्ताको बर्चस्व हुने गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप