मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

‘जिरो फिगर’ बिग्रिने डरले सरोगेसीबाट बच्चा जन्माउन चाहन्थिन् करीना

शनिबार, ३० साउन २०७८, ०७ : ३५
शनिबार, ३० साउन २०७८

बलिउड अभिनेत्री करीना कपूर खानले ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक सार्वजनिक गरेकी छिन् । दोस्रो बच्चा भएपछि करीनाले पुस्तक लेखेकी छन् । उनले दोस्रो सन्तानको नाम जहांगीर राखेकी छन् । 

करीना कपूर सधैं अहम निर्णय लिने गर्छिन् । उनले लिएका हरेक निर्णय ‘बोल्ड’ हुने गर्छ । उनी सधैं बलिउड उद्योगमा ‘ट्रेन्ड सेटर’ पनि रहिन् । र उनले गर्भवती भएको अवस्थामा पनि फिल्मको सुटिङ गर्न छोडिनन् । तर, करीनालाई विवाह र गर्भवती हुँदा करियरमा असर पर्ने डर थियो । 

सैफ अली खानले हालै यो विषयमा खुलासा गरेका छन् । सैपले बलिउडमा महिला र पुरुषबीचको प्रतिष्पर्धा कस्तो विषयमा हुने गर्छ भन्ने विषयमा आफ्नो विचार व्यक्त गरे । उनले कसरी विवाह र सन्तान जन्माउने विषयमा निर्णय लिनु परेको थियो र त्यसको सीधा असर करियरसँग जोडिएको समेत उल्लेख गरे । 

सैफले भने, ‘हाम्रो फिल्म क्षेत्रका महिलाको शरीरको आकार कस्तो छ भन्ने विषयमा नै चिन्ता रहने गर्छ । त्यसमाथि पनि करीनाको त जिरो फिगर थियो । उनको काम पनि दमदार चलिरहेको थियो । उनका लागि उनको फिगर निकै महत्त्वपूर्ण थियो । गर्भ रहेपछि शरीरको आकारमा त परिवर्तन हुन्छ नै । त्यसलाई पुनः पुरानै अवस्थामा ल्याउन त मुश्किल नै हुन्छ । करीना यही कुरालाई लिएर तनावमा हुन्थिन् । पहिलोपटक मैले बच्चाको विषयमा कुरा गर्दा उनी चकित परेकी थिइन् । र, उनले सरोगेसीतिर ध्यान दिएकी थिइन् ।’

त्यसपछि करीनाले जीवनमा सतप्रतिशत सफल हुन बच्चा पनि त आवश्यक छ भन्ने विषयमा ध्यान दिएपछि बच्चा जन्माउन राजी भएकी सैफले बताए । 

करीनाले पहिलो सन्तान २०१९ र दोस्रो २०२१ मा जन्माएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप