मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने
मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।
विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो ।
यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी नदीको जल सतहले हर्कपुर र घुर्मी जोड्ने पुलको ट्रस भाग छुन थाल्यो
-
राहत र उद्धारमा लाग्न माओवादी कोशी प्रदेश समितिको आग्रह
-
काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार
-
मुख्यमन्त्री कार्कीले गरे कोशी ब्यारेजको अनुगमन, सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह
-
बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ५१ जना बेपत्ता
-
बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता