माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
शनिबार, ३० साउन २०७८, ०७ : ०२
![माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै](https://rpcdn.ratopati.com/media/albums/perish_danda_perishdanda_cpn_maoist_8ykC0InNWJ.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।