बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राज्यको निकायमा रहेकाको मिलोमत्तोमा बालबालिका ओसारपसार भएको छ : अभिनेता खड्का

शनिबार, ३० साउन २०७८, ०६ : २७
शनिबार, ३० साउन २०७८

अभिनेता तथा निर्माता नवल खड्काले राज्यले अभिभावकत्व नगरेको कारण बालबालिका ओसारपसार भइरहेको आरोप लगाएका छन् । उनले राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलि भगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको दाबी गरे ।

शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेता खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताए ।

‘राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर, बालबालिकालाई माग्ने काममा लगाउने धन्दाको अन्त्य हुन्छ’ खड्काले भने ‘खुल्ला सिमानाको दुरुपयोग गर्दै बालबालिका, महिला बेचबिखन भइरहेका छ ।’ अपराधिक गतिविधि रोक्नका लागि नै आफुले सिमानामा काँडेतार अभियानमा जोड दिएको उनको भनाई राखेका थिए ।

कार्यक्रममा महिला जेष्ठ नागरिक तथा बालबालिका मन्त्रालय मातहतको राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमुना भुसालले परिवारसँगै बस्न पाउनुपर्ने बालबालिकाको पहिलो अधिकार रहेको बताइन् । उनले गाउँबाट बालबालिका ल्याएर केही बालगृहले कमाउ धन्दा चलाइरहेको प्रति परिषदले अनुमगन थालेको जानकारी दिइन् ।

भुसालले अहिले ४४ जिल्लामा गरि ४५४ बालगृह रहेको जानकारी दिँदै केही बालगृहलाई बालबालिकाले पालेको दाबी गरिन् । उनले भनिन् ‘परिषदले गरेको अनुगमनले कर्णाली लगायतका दुर्गम जिल्लाबाट ल्याइने अधिकांश बालबालिकाका आमाबुबा भएको पाइएको छ ।’

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकाल, हिमाली नविन समाजका कार्यकारी निर्देशक डिबी लामा, किप इन फ्यामिली टुगेदरका कोर्डिनेटर भविन्द्र राई, नेकपा माओवादी केन्द्रका हुम्ला जिल्लाका स्थानिय नेता रण सिंहले कार्यक्रममा बालबालिका सम्बन्धि बिभिन्न बिचार राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप