बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मोरङमा  विद्युतका कङ्क्रिट पोल उत्पादन थालियो

शुक्रबार, २९ साउन २०७८, २२ : ३२
शुक्रबार, २९ साउन २०७८

नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ । 

पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो । 

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोल उत्पादन हुने छन् । रु १४ करोड ५० लाख लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५८० थान रहेको छ । 

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले आज परीक्षण उत्पादनको निरीक्षण गरी नियमितरुपमा पूर्ण क्षमतामा पोल उत्पादन शुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए ।

उनले प्लान्टबाट पोल उत्पादन शुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे । 

आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप